Nepali: Open Bible Stories

Updated ? hours ago # views See on DCS

१९. अगमवक्ताहरू

Image

इस्राएलीहरूको इतिहास भरिनै, परमेश्‍वरले तिनीहरूकहाँ अगमवक्ताहरू पठाइदिनुभयो । अगमवक्ताहरूले परमेश्‍वरबाट सन्देशहरू सुन्थे र उहाँका सन्देशहरू मानिसहरूलाई बताइदिन्थे ।

Image

आहाब राजाले इस्राएलमा शासन गरिरहेका बेलामा एलिया एक अगमवक्ता थिए । आहाब एक दुष्ट मानिस थिए जसले मानिसहरूलाई बाल नाउँ गरेको देवताको मूर्तिपूजा गर्न प्रोत्साहन गर्ने गर्दथे । एलियाले आहाबलाई भने, “मेरो वचन विना सारा इस्राएलको राज्यभरि न त शीत पर्नेछ न पानी नै पर्नेछ ।” यसले आहाबलाई धेरै क्रोधित बनायो ।

Image

परमेश्‍वरले एलियालाई आहाबबाट लुक्नलाई उजाड स्थानमा एउटा खोल्सा भएको ठाउँमा जान भन्‍नुभयो, जसले उनलाई मार्न चाहिरहेका थिए । हरेक बिहान र हरेक बेलुका, कागले उनलाई रोटी र मासु ल्याइदिन्थ्‍यो । आहाब र उनका सैनिकहरूले एलियाको खोजी गरे तर तिनीहरूले उनलाई भेट्टाउन सकेनन् । त्यहाँको सुख्खापन यति उग्र थियो कि त्यो खोल्सा आखिरीमा सुकेर गयो ।

Image

त्यसैले एलिया एक छिमेकी देशमा गए । त्यस देशमा एकजना विधवा र उनको छोरा अनिकालले गर्दा खानेकुरा खानबाट वन्चित भइसकेका थिए । तर तिनीहरूले एलियाको ख्याल राखे, र परमेश्‍वरले तिनीहरूको निम्ति जुटाइदिनुभयो । तिनीहरूको आरीको पिठो र ढुङग्रोको तेल कहिल्यै रित्तिएन । पुरै अनिकालको समयभरि तिनीहरूसँग खानेकुरा थियो । एलिया त्यहाँ केहि वर्षसम्म रहे ।

Image

साढे तीन वर्षपछि, परमेश्‍वरले एलियालाई इस्राएलको राज्यमा फर्केर जान र आहाबसँग कुरा गर्न भन्‍नुभयो किनकि उहाँले फेरि वृष्टि पठाउन लाग्‍नुभएको थियो । जब आहाबले एलियालाई देखे, उनले भने, “तिमी नै हौ यो सबै समस्या निम्त्याउने व्यक्ति !” एलियाले भने, “समस्या निम्त्याउने व्यक्ति तपाईं हुनुहुन्छ ! तपाईंले एउटै सत्य परमेश्‍वर, याहोवेलाई त्याग्‍नुभएको छ र बाललाई पूज्‍नुभएको छ । इस्राएलको राज्यका सारा मानिसहरूलाई कर्मेल डाँडामा भेला गराउनुहोस् ।”

Image

इस्राएल राज्यका मानिसहरू, र बालका ४५० जना अगमवक्ताहरू समेत लिएर सबैजना कर्मेल पहाडमा आए । एलियाले मानिसहरूलाई भने, “तिमीहरू कहिलेसम्म आफ्नो मन बदली रहन्छौ ? यदि याहोवे परमेश्‍वर हुनुहुन्छ भने, उहाँको सेवा गर ! यदि बाल परमेश्‍वर हो भने, उसको सेवा गर !”

Image

अनि एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढे मार र त्यसलाई बलिको रूपमा तयार गर, तर त्यसलाई आगोले नजलाउनु । म पनि त्यसै गर्नेछु । जुन परमेश्‍वरले आगोले जवाफ दिनुहुन्छ, त्यही परमेश्‍वर सत्य हुनुहुन्छ ।” त्यसैले बालका पूजाहारीहरूले बलि तयार गरे तर आगोचाहिँ लगाएनन् ।

Image

अनि बालका अगमवक्ताहरूले यसो भन्दै प्रार्थना गरे, “हे बाल, हामीलाई सुन्‍नुहोस् !” । दिनभरि तिनीहरूले प्रर्थना गरे र कराए र आफैँलाई चक्कूले समेत् काटे, तर कुनै उत्तर आएन ।

Image

दिनको अन्त्यतिर, एलियाले परमेश्‍वरको निम्ति एउटा बलि तयार गरे । अनि उनले मानिसहरूलाई बाह्र ठूला गाग्रा पानी ल्याएर बलिको मासुमाथि, काठहरू र भुईँसमेत गरि वेदी वरपरका सबै भाग पूर्णरूपले नभिजेसम्म खन्याउन लगाए ।

Image

अनि एलियाले प्रार्थना गरे, “याहोवे अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर, आज हामीहरूलाई तपाईं नै इस्राएलको परमेश्‍वर हुनुहुन्छ र म तपाईं को दास हुँ भनि देखाऊनुहोस् । मलाई उत्तर दिनुहोस् ताकि यी मानिसहरूले यो जानून् कि तपाईं नै एकमात्र सत्य परमेश्‍वर हुनुहुन्छ ।”

Image

तब तुरुन्तै, आकाशबाट आगो खस्यो र मासु, काठ, ढुङ्गाहरू, माटो अनि वेदी वरपर भएका पानी समेत जलाइदियो । जब मानिसहरूले यो देखे, तिनीहरू भुईँमा घोप्टो परे र भने, “याहोवे परमेश्‍वर हुनुहुन्छ ! याहोवे परमेश्‍वर हुनुहुन्छ !”

Image

अनि एलियाले भने, “बालका कोही पनि अगमवक्ताहरूलाई उम्किन नदेओ !” त्यसैले मानिसहरूले बालका अगमवक्ताहरूलाई पक्रे र तिनीहरूलाई त्यहाँबाट अन्तै लगेर मारिदिए ।

Image

अनि एलियाले राजा आहाबलाई भने, “तुरुन्तै शहरमा फर्की जानुहोस्, किनभने पानीको वर्षा हुँदैछ ।” एकैछिनपछि आकाश कालो भएर आयो, र ठूलो पानी पर्न थाल्यो । याहोवेले खडेरीको अन्त्य गर्नुभएको थियो र उहाँ नै एकैमात्र सत्य परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्नुभयो ।

Image

एलियाको समयपछि, परमेश्‍वरले एलिशा नाउँ गरेका मानिसलाई उहाँको अगमवक्ताको रूपमा छान्‍नुभयो । परमेश्‍वरले एलिशाद्वारा थुप्रै आश्‍चर्यकर्महरू गर्नुभयो । तीमध्ये एक आश्‍चर्यकर्म नामानकहाँ हुनआयो, जो शत्रुहरूका एक सैन्य उच्चाधिकारी थिए र एउटा डरलाग्दो छालाको रोगले ग्रस्त थिए । उनले एलिशाको बारेमा सुनेका हुनाले उनीकहाँ गए र आफूलाई निको पारिदिन अनुरोध गरे । एलिशाले नामानलाई सात पल्टसम्म आफैँलाई यर्दन नदीमा डुबाउन भने ।

Image

पहिले त नामान रिसाएका थिए र यसो गर्न राजी थिएनन् किनकि यो त एक मुर्खता जस्तै देखिएको थियो । तर पछि उनले आफ्नो मन परिवर्तन गरे र आफैँलाई सात पल्टसम्म यर्दन नदीमा डुबाए । जब नामान अन्तिमपटक माथि आए, उनको छाला पूर्णरूपमा निको भइसकेको थियो ! परमेश्‍वरले उसलाई निको पार्नुभएको थियो ।

Image

परमेश्‍वरले अरू धेरै अगमवक्ताहरू पठाउनुभयो । तिनीहरू सबैले मानिसहरूलाई मूर्तिपूजालाई त्याग्‍न र अरूमाथि न्याय र दया देखाउन आग्रह गरे । अगमवक्ताहरूले मानिसहरूलाई यदि उनीहरूले दुष्ट काम गर्न छाेडेनन् र परमेश्‍वरको अनाज्ञाकारी भए भने, परमेश्‍वरले उनीहरूलाई दोषी ठहर्‍याउनुहुने, र उनीहरूलाई दण्ड दिनुहुने चेतावनी दिए ।

Image

धेरैजसो समय, मानिसहरूले परमेश्‍वरलाई सुनेनन् । तिनीहरूले अक्सर अगमवक्ताहरूको दुर्‍व्‍यवहार गरे र कहिलेकहीँ त तिनीहरूलाई मारे पनि । एकपल्ट, यर्मिया अगमवक्तालाई सुख्खा इनारमा राखियो र मर्नलाई त्यहीँ छाेडियो । उनी इनारको पिँधमा भएको हिलोमा भासिए, तर राजाले तिनीमाथि दया देखाए र आफ्ना नोकरहरूलाई यर्मिया मर्नुभन्दा अघि इनारबाट निकाल्न लगाए ।

Image

मानिसहरूले अगमवक्ताहरूलाई घृणा गरेतापनि उनीहरूले परमेश्‍वरको निम्ति बोलीनै रहे । पश्‍चाताप नगरेमा परमेश्‍वरले मानिसहरूलाई नाश गर्नुहुनेछ भनी उनीहरूले चेतावनी दिइनैरहे । उनीहरूले मानिसहरूलाई परमेश्‍वरको मसिह आउनुहुने प्रतिज्ञाको पनि स्मरण गराए ।

बाइबलको कथा: १ राजा १६-१८; २ राजा ५; यर्मिया ३८ बाट